लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका-२ परेवाडाँडामा वडाअध्यक्ष पदको लागि भएको चुनावमा नेकपा उम्मेद्वार नवीनकुमार श्रेष्ठ भारी मतले विजयी हुनुभएको छ ।

उहाँ ९८९ मतसहित विजयी हुनु भएको हो । उहाँका प्रत्यासी नेपाली कांग्रेसका प्रकाश सेढाईँले ४८४ मत प्राप्त गर्नुभयाे ।

त्यस्तै राप्रपाका पवनराज बसौलाले १६, मंगोल अर्गनाइजेसनका राम्जी दर्जीले ८, स्वतन्त्र उम्मेद्वार कृष्णबहादुर केसीले १२ मत ल्याउउभएको छ ।

३ मतदान केन्द्रमा १५२३ मत खसेकोमा १२ मत बदर भएको छ । कांग्रेस उम्मेद्वार सेढाईँले विज्यी श्रेष्ठलाई खादा ओढाएर बधाई दिनुभएको छ । उहाँले विकासमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गाउँको विकासमा सदैव जनतामाझ रहि काम गर्ने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।

यसअघि वडाअध्यक्ष पदमा निर्वाचित नेकपाका लोकराज पाण्डे जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि वडा अध्यक्ष पद खाली रहेको थियो ।