file photo

आज देशभरका विभिन्न चार प्रदेशमा ठूलाे पानी पर्ने अनुमान गरिएकाे छ । आज प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
यी प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने भएकाले सतकर्ता अपनाउन मौसमविद्को आग्रह छ । अन्य प्रदेशमा भने हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । यस्तै, आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने अनुमान गरिएको छ ।