काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले मूल्यवृद्धिबारे मन्त्रीको जवाफ माग गरेकाे छ । एमाले सांसद पद्मा अर्यालले मूल्यवृद्धिबारे सरकारले जवाफ दिनुपर्ने माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई जवाफ दिन रुलिङ गर्नु भएकाे छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा एमाले सांसद अर्यालले मूल्यवृद्धिले जनतालाई आहात बनाएको भन्दै मन्त्रीले जवाफ दिनुपर्ने माग गर्नुभयाे ।
‘मूल्यवृद्धि गरेर जनतालाई आहात दिइएको छ । जनताको जीवन कष्टकर बनाइएको छ । एमाले टुलुटुलु हेरेर बस्न सक्दैन । यति छोटो समयमा किन यति धेरै मूल्यवृद्धि गर्ने अवस्था किन आइलाग्यो ?,’ उहाँको माग थियो, ‘किन बढाइयो भन्ने विषयमा मन्त्रीले जवाफ दिनुपर्छ । मन्त्रीले जवाफ नदिएसम्म सदन चल्न सक्दैन । आज नै जवाफ दिनको निम्ती मन्त्रीलाई रुलिङ गर्नको निम्ती माग गर्दछु ।’त्यसपछि एमाले सांसदहरूले सिटबाट उठेर संसद् अवरोध गर्नु भएकाे थियाे । त्यसपछि सभामुख सापकोटाले आफ्नो ध्यानाकर्षण भएको भन्दै सरकारलाई मूल्यवृद्धिबारे जवाफ दिन रुलिङ गर्नु भएकाे थियाे । त्यसपछि एमाले सांसदहरू आफ्नो सिटमा बसेर संसद् चल्न दिनु भएकाे छ ।