शेयर बजार आज मङ्गलवार १८ महिनायताकै कम विन्दुमा झरेको छ । शेयर बजार २०७७ पुस पहिलो हप्तासम्म एक हजार नौ ९८ दशमलव ६५ विन्दुमा कारोबार भएको थियो । त्यसपछि गएको असारदेखि फराकिलो अङ्कले नेप्से सूचक र कारोबार रकमसमेत बढ्दै गएको थियो । गएको साउन अन्तिमसम्म बजार बढेर ३२ सय अङ्कमाथि पुगेको थियो । तर चालु आर्थिक वर्ष लागेसँगै निरन्तररूपमा शेयर बजार घटिरहेको छ ।
हिजो सोमवार १५ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ०८ अङ्कले घटेर एक हजार नौ सय ९६ दशमलव २५ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, उत्पादन, जलविद्युत्, व्यापार र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले घटेको छ । आज दुई सय २३ वटा कम्पनीको ४१ लाख ४७ हजार कित्ता शेयर एक अर्ब १८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको चार करोड ६७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । आज हिमालयन पावर पार्टनरको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि आँधीखोला लघुवित्तको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज दुई सय २३ वटा कम्पनीको ४१ लाख ४७ हजार कित्ता शेयर एक अर्ब १८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको चार करोड ६७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । आज हिमालयन पावर पार्टनरको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि आँधीखोला लघुवित्तको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।