घरेलु टोली श्रीलङ्कासँगको पहिलो टी–२० क्रिकेटमा अस्ट्रेलिया १० विकेटले विजयी भएको छ । कोलम्बोमा गएराति भएको खेलमा श्रीलङ्काले दिएको १ सय २९ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले १४ ओभरमा विना विकेटको क्षतिमा भेट्टायो । अस्ट्रेलियाका डेभिड वार्नरले अविजित ७० र कप्तान आरोन फिन्चले ६१ रन बनाए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय २८ रन बनाएको थियो ।
श्रीलङ्काका चारिथ असलङ्काले ३८, पाथुम निशङ्काले ३६ तथा दनुश्का गुनाथलिकाले २६ रन जोडे । अस्ट्रेलियाका जोश हाजलउडले ४ तथा मिचेल मार्शले ३ विकेट लिए । जितसँगै अस्ट्रेलियाले ३ खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ । तीन वटा टी–२०, चार वटा एक दिवसीय र २ टेष्ट खेल्न अस्ट्रेलिया श्रीलङ्काको भ्रमणमा रहेको छ । अस्ट्रेलियाले सन् २०१६ पछि पहिलो पटक श्रीलङ्काको भ्रमण गरेको हो ।