मकवानपुर – मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित अटो र अटो चालकलाई नियन्त्रणमा लिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१, राप्तीरोडबाट ना २ ह १५०८ नम्बरको अटोमा गाँजासहित अटो चालक भारतीय नागरिक राजेश चौधरीलाई पक्राउ गरेको हो ।
भारतको बिहार राज्यको सितामढी जिल्ला ग्राम पञ्चायत नोचा–१०, थानाबेला घर भई हाल महोत्तरी जिल्लाको औरही नगरपालिका–७, सोनामाई बस्ने ३७ बर्षीय राजेश चौधरीलाई ५० किलो ४ सय ग्राम लागुऔषध गाँजासहित नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ । नेवारपानीबाट हेटौंडातर्फ आउँदै गरेको अटोको सुरक्षाजाँच गर्ने क्रममा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका चौधरीलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।