हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशलाई प्रविधीसँग जोड्दै प्रदेशलाई डिजिटल बनाउने अभियानमा सरकार रहेको बताएका छन् । हेटौंडामा आयोजित डिजिटल बागमती सम्बन्धि आन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै मुख्यमन्त्री पाण्डेले सरकारले ल्याएको नीति तथा कार्यक्रमले डिजिटल बागमती बनाउँने अभियानलाई समेटेको बताए । निती तथा कार्यक्रम सँगै बजेटमा पनि डिजिटल बागमतीको बिषयलाई समेट्ने बताए । उनले प्रबिधीको बिकासबाट समाजमा सकारात्मक परिवर्तन आउँनेमा सरकार स्पष्ट रहेको बताए । कार्यक्रममा सरकारले ल्याएको निती तथा कार्यक्रममा प्रबिधीसँग जोडिएको सबै बिषय मुख्यमन्त्री पाण्डेले जानकारी गराएका थिए ।

हेटौंडा उपमहानगरका मेयर मिनाकुमारी लामाले डिजिटल हुने चाहना जब सम्म मानिसमा हुँदैन तव सम्म परिवर्तन असम्भब भएको बताइन् । ‘डिजिटल बागमती’ सम्बन्धी कार्यक्रममा प्रबिधीसँग जोडिने चाहना र भावना नभएसँम्म समाज अघि बढ्न नसक्ने बताइन् । समाजले प्राबिधीक परिवर्तनलाई आत्मसाथ गर्दै सिक्ने चाहना नराखेसम्म बिकासमा समस्या आउने बताइन् । नगरलाई प्रबिधी मैत्री बनाउँनका लागि अहिले पनि बिधुतको समस्या रहेको बताइन् । उपमहानगरका सबै वडालाई प्रबिधीमैत्री बनाउने प्रयत्न भएपनि यहाँ बिधुतको समस्या रहेको उनको भनाइ थियो । बिधुतको समस्या टरेसँगै प्रबिधीको पाटोमो अघि बढ्ने मेयर लामाले प्रतिवद्धता जनाइन् ।

नगरलाई समृद्ध र सवल बनाउने काममा कुनै कसर बाँकि नराख्ने भन्दै मेयर लामाले उपमहानगरमा सुशासन र पारदर्शिताको साथ काम गर्ने बताइन् । नागरीकलाई सचेत पार्दै जनताको आधारभुत आवश्यकता पुर्तिका लागि सचेत रहेको बताइन् । लिभिङ्ग विथ आइसिटिका अध्यक्ष राजन लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरीक मामिला तथा कानुन मन्त्री कृष्ण शर्मा खनाल, प्रदेश योजना आयोगका सदस्य प्रल्हाद लामिछाने लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रबिधीको प्रयोग र बागमतीको अवस्थाबारे छलफल गरीएको थियो ।