हेटौंडा – हेटौंडा उपमहानगरपालिकामा गठबन्धनबाट विजयी भएकाहरुले हेटौंडामा संयुक्त र्याली निकालेका छन् । हेटौंडाको मेयरमा नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा र उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँ विजयी भएका हुन् । मेयर उपमेयर तथा विभिन्न वडामा गठबन्धनबाट विजयी भएकाहरुले संयुक्त जुलुस निकालेका थिए ।



