हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट (एकिकृत समाजबादी) की मिना कुमारी लामा र उपमेयरमा (नेपाली काग्रेस) का राजेश बानियाँ विजयी हुनु भएको छ । मेयर लामाले नेकपा एमालेका मेयरका उम्मेदवार अनन्त पौडेललाई पराजित गर्दै बिजयी हुनु भएको हो ।
यसैगरी उपमेयरका उम्मेदवार बानियाँले नेकपा एमालेका उपमेयरका उम्मेदवार सुमित्रा काफ्लेलाई पराजीत गर्दै विजयी हुनु भएको हो । मेयर र उपमेयर बिजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न बाँकी रहेको छ । मतगणना जारी रहे पनि गणना गर्न बाँकी मत भन्दा बिजयी उम्मेदवारको मतान्तर फरक धेरै रहेको छ । बिजयी मेयर र उपमेयरले पन्चेबाजा सहित र्याली निकालेर हेटौंडा बजार परिक्रमा गरेका छन् । हेटौंडाको वडा नम्बर–११ र १२ मा गरी करिब १५० मतगणना सकिएपछी मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले अन्तिम मतपरिणाम घोषणा गर्ने जनाईएको छ । हेटौंडा उपमहानगरपालिकामा कुल मतदाता संख्या १ लाख ४ हजार ६७३ रहेकोमा गत ३० गते सम्पन्न निर्वाचनमा ७३ हजार ४१४ मतदान गरेका थिए ।