चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा टक्कर रहेको छ । १८ हजार ४ सय ४७ मत गन्दा रेनु दाहाले ६ हजार १ सय ७० मत पाउनु भएको छ । एमालेका विजय सुवेदी ६ हजार ८० मत प्राप्त गर्नु भएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ६ मत ल्याउनु भएको छ । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ७ हजार ५ सय २४ र राप्रपाका हिमला गुरुङले ४ हजार ९ सय ९२ मत पाउनु भएको छ ।