मकवानपुर – आज सोमबार मनाइदै गरिएको २५६६ औं बुद्द जयन्तीका अवसरमा बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले शुभकामना सन्देश व्यक्त गरेका छन् । ‘सम्पूर्ण बौद्दमार्गी नेपालीहरु तथा बुद्दको भ्रातृत्व, शान्ति, अहिंसा र करुणाप्रति विश्वास राख्ने स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण महानुभावमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ प्रदेश प्रमुख शर्माले बुद्घ जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै भन्नु भएकाे छ ।
प्रमुख शर्माले सन्देशमा वैशाख शुक्लपक्षको पूर्णिमा तिथि आजको दिनमा गौतम बुद्धको त्रिसंयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले विश्वभरका बौद्द धर्मावलम्बीहरूद्वारा उहाँप्रति श्रद्दा भाव व्यक्त गर्ने महत्वपूर्ण दिनका रुपमा हामीले बुद्घ जयन्ती मनाउने गरेको उल्लेख गर्नु भएकाे छ । नेपालको कपिलबस्तुमा जन्मिनुभई विश्वर शान्तिका अग्रदूतका रुपमा प्रख्यात गौतमबुद्दप्रति सदैव गौरवबोध रहेको उल्लेख गर्नुहुँदै प्रमुख शर्माले उहाँको मार्गदर्शन अनुशरण गरेमा राष्ट्रिय एकता तथा विश्व शान्तिका लागि टेवा पुग्ने आफ्नो विश्वास रहेको जनाउनु भएकाे छ । । ‘उहाँका प्रेरणादायी उपदेश तथा जीवनोपयोगी मार्गदर्शनलाई अनुशरण गर्न सकेमा आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप, भातृत्व अभिवृद्दि भई राष्ट्रिय एकता तथा विश्व शान्तिका लागि टेवा पुग्दछ भन्ने मलाई विश्वास छ ’ प्रमुख शर्माले शुभकामना सन्देशमा उल्लेख गनुर्भएकाे छ ।