मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सकारात्मक पत्रकारीता अहिलेको आवश्यक्ता रहेको बताउनुभएको छ । समृद्ध समाज राष्ट्रिय दैनिकको ९ औं वार्षिकोत्सब र रेडियो निकासको ६ औं वार्षिकोत्सवको आज हेटौंडामा उद्घाटन गर्दै प्रमुख खुलालले समाज परिर्वतनकालागि पत्रकारको पनि महत्वपुर्ण भुमिका हुने हुनाले सकारात्मक पत्रकारीता अहिलेको आवश्यक्ता रहेको बताउनुभएको हो ।

समाज नकारात्मकता तर्फ अगाडी बढेको भन्दै उहाँले नकारात्मक भएर कसैको भलो नहुने हुँदा सधैं सकारात्मक हुनु पर्नेमा जोड दिनुभयो । समाजको ऐनाको रुपमा पत्रकारलाई लिईने हुनाले पत्रकारले सधैं सकारात्मक भएर कलम चलाउनु पर्ने उहाँको भनाई थियो । उहाँले देश नयाँ संरचनामा प्वेश गरेकाे र त्यकाेलािग पत्रकारीताले समेत महत्वपुर्ण भुिमका निर्वाहा गरेकाेले प्राप्त उपलब्धीलाइ संस्थागत गर्न पत्रकारकाे सकारात्मक भुमिका हुनुपर्ने बताउनुभयाे ।
वार्षिकोत्सवका अवसरमा समृद्ध समाज राष्ट्रिय दैनिककाबजार व्यस्थापक राजेन्द्र नहर्की र रेडियो निकासकी कार्यक्रम उत्पादक संगी लामालाई उत्कृष्ट सहकर्मी सम्मानबाट सम्मानित समेत गरिएकाे थियाे । दुवैजनालाई जिल्ला समन्वय समिति मकवापनुरका प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि रघुनाथ खुलालले प्रशंसापत्र प्रदान गर्नुभएको थियो । समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक तथा रेडीयो निकासका प्रवन्धक सुरेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनी, पत्रकार महासंघ ३ नम्बर प्रदेशका अध्यक्ष प्रताप विष्ट, जिल्ला अध्यक्ष हरि हुमागाई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन स्वयम श्रेष्ठले गर्नुभएको थियो ।