हेटौंडा – बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा गठबन्धनले आम जनसमुदायमा आतंक मच्चाएको बताउनुभएको छ । आज हेटौंडा-३ मा भएको नेकपा एमालेको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले गठबन्धनले के–के न गर्ला भन्ने भ्रम जनमानसमा फैलाउने काम गरेको बताउनुभएको हो ।

No description available.

एमालेको केन्द्रिय सल्लाहकार सदस्यसमेत रहनुभएको पौडेलले सबै जनसमुदायबाट यो गठबन्धनको भ्रम चिर्न आवश्यक रहेको र सबैजना यो भ्रमबाट मुक्त हुनुपर्ने पनि बताउनुभयो । यो गठबन्धन मुलुक निर्माण, बिकास तथा समृद्धिको लागि नभई भोजभतेर खान र देश लुट्नको लागि मात्र भएको उहाँले आरोप लगाउनुभएको छ । उहाँले अहिले गठबन्धनमा रहेको ५ दलको सरकार बनाउने हैसियत नभएको समेत दाबी गर्नुभयो । नेकपा एकीकृत समाजवादीलाई खरान्व्व पार्टीको संज्ञा दिनुहुँदै पूर्व मुख्यमन्त्री पौडेलले जिल्लाभरीमा जम्मा ५ ठाउँमा उम्मेदवारी दिनेले सरकार बनाउने हैसियत नराख्ने बताउनुभयो । उहाँले एमालेका जनप्रतिनिधि जहाँ जान्छन् र एमालेले जहाँ जितेका छन् त्यहाँ बिकासको लहर चलेको पनि बताउनुभयो ।