इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको टिम दिल्ली क्यापिटल्सका थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसअघि एक जनामा सङ्क्रमण देखिएकोमा आज थप एक जना विदेशी खेलाडीसहित दुई जनामा सङ्क्रमण पुष्टि भएको क्रिक इन्फोले जनाएको छ ।
दिल्लीको अर्को खेल पर्सि बुधवार पुनेमा पन्जाबसँग हुने तालिका रहेको छ । तालिकाअनुसार दिल्ली आजै पुने जानुपर्नेमा कोरोनाकै कारण सबै खेलाडी होटलको क्वरेन्टीनमा बसेका छन् । टोलीका सबै खेलाडी, अफिसियल, सहयोगीलगायत सबैमा कोरोना परीक्षण गरेपछि खेल रद्द हुने/नहुने निर्णय हुनेछ । कोरोना महामारीकै कारण आईपीएलका पछिल्ला दुई वटा संस्करण प्रभावित भएका थिए ।