मकवानपुर- हेटौंडा उपमहानगरपालिका ७ नम्बर वडा कार्यालयले उपभोक्ता समितिका लागि एक दिने अनुशिक्षण प्रदान गरेको छ । वडामा सञ्चालन हुने योजनालाई प्रभाकारी बनाउन उपभोक्ता समितिलाई अनुशिक्षण प्रदान गरिएको हो ।
७ नम्बर वडा अध्यक्ष राजन थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य देवराज रिमालको प्रमुअ आतिथ्यता रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि रिमालले समयमै र पारदर्शी रुपमा योजना सम्पन्न गर्न कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा ७ नम्बर वडाअध्यक्ष थापाले वडाको समसामयिक विषय, बजेट तथा योजनाका बारेमा जानकारी दिनुभएको थियो ।
त्यस्तै उपमहानगरपालिकाका योजना शाखा अधिकृत रोशन रिजाल, ईन्जिनियर विवेक कार्की, लेखा प्रमुख मनोज सुवेदी र सामाजिक महाशाखा प्रमुख भीम तिमलसिनाले क्रमश, कागजी प्रकृया, योजनाको गुणस्तरीयता, सुपरभीजन गर्ने तरीका, लेखा सम्बन्धी जानकारी तथा सार्वजनीक लेखा परिक्षण, पारदर्शिता र बील भर्पाई अपडेटका बारेमा जानकारी प्रदान गर्नुभएको थियो ।
७ नम्बर वडामा यो वर्ष कुल १४ वटा योजनाहरु रहेका छन, भने वडाको कुल बजेट १ करोड ७५ लाख रहेको छ । कार्यक्रममा उपभोक्ता समितिका १ सय ४४ जनाको सहभागिता रहेको थियो ।