file photo

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले अर्थतन्त्रलाइ माथि उकास्नका सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०७९ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पाण्डेले कोभिडबाट थलिएको नेपाली अर्थतन्त्रलाइ माथि उकास्नका पनि हामी सफल हुने विश्वास लिएको बताउनुभएको छ ।
नयाँ वर्ष २०७९ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरु तथा बागमती प्रदेशबासी दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नु हुँदै उहाँले अर्थतन्त्रलाइ माथि उकास्न देश भित्र आर्थिक कृयाकलापमा वृद्धि गर्न व्यवस्थित योजनाका साथ समृद्धिको यात्रामा तीनै तहका सरकारले समन्वय र सहकार्यका गर्दै ठोस योजनाका साथ अघि बढनु पर्ने समय आएको बताउनुभएको छ । उहाँले शुभकामना सन्देशमा बागमती प्रदेश सरकार समृद्ध प्रदेश निर्माण गर्नका लागि अघि बढाएका नीति तथा कार्यक्रमलाई अझ दृढतापूर्वक जनताले महशुस गर्ने गरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ ।
नयाँ वर्ष २०७९ ले हामी बिचको सामाजिक सद्भाव कायम गर्दै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्र सुदृढ गर्न र जनअपेक्षा अनुरुप तीनै तहका सरकार सञ्चालन गर्दै नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्रको लक्ष्य हासिल गर्न हामी सबै नेपाली एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्ने उल्लेख गर्नुभएको छ । उहँँले नयाँ वर्ष २०७९ स्वदेश र विदेशमा रहनु भएका समस्त दिदीबहिनी तथा दाजुभाइका लागि सुख, शान्ति, समृद्धि र खुशीको वर्ष बनोस भन्ने शुभकामना व्यक्त गर्नु भएको छ ।