अमेरिकी राष्ट्रपति जो बाइडनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुससँग पेट्रोलियम पदार्थ खरिद गर्नु भारतलाई लाभदायी नहुने बताउनुभएको छ । सोमबार एक घण्टासम्म चलेको भिडियो वार्तामा राष्ट्रपति बाइडनले प्रधानमन्त्री मोदीलाई रुससँग पेट्रोलियम पदार्थ खरिद युक्रेन युद्धलाई लिएर विश्वका राष्ट्रहरूले रुस माथि लगाएको प्रतिबन्ध प्रभावित हुने बताउनुभयो । राष्ट्रपति बाइडेले प्रधानमन्त्री मोदीलाई रुससँग पेट्रोलियम पदार्थ खरिद गर्दा भारतको अन्तर्राष्ट्रिय छविमासमेत नकारात्मक असर पर्न सक्ने बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।











