कैलाश – नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल कैलाश गाउँपालिकाको प्रथम अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले कैलाश गाउँपालिकाको अध्यक्षमा सन्तोश थिङको अध्यक्षतामा ५१ सदस्यीय पालिका कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्ष नवराज मुक्तान,सचिव आयुष थोकर,उपसचिव अमृत बर्तौला चयन भएका छन् ।
सो कमिटिको सदस्यहरु प्रकाश विष्ट,राम बहादुर थोकर,विष्णु कुमार स्याङतान,युवक थोकर,प्रेम मुक्तान,आयुष थोकर,दल बहादुर थोकर,छविलाल नृगी,राजकुमार थोकर,कुमार घलान,देविलाल मुक्तान,प्रसंन्न स्याङतान, श्याम स्याङतान, झलक लोप्चन,विशाल थिङ,सन्तोश थिङ,कुमार प्रजा,धन बहादुर योञ्जन,कृष्ण बहादुर थोकर,बेल बहादुर रुम्बा लगायत रहेका छन् ।
युवा संघ कैलाश गाउँपालिकाका संयोजक अर्जुन बर्तौलाको सभाध्यक्षता तथा नेकपा एमाले बागमती प्रदेशका उपसचिव महेश बर्तौलाको प्रमुख आथित्यतामा भएको अधिबेशनबाट नवनिर्वाचित पदाधिकारीलाई युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य तथा मकवानपुर इन्चार्ज दिलु घर्तिले सपथ खुवाउनु भएको थियो । कार्यक्रममा संविधा सभाका सदस्य सुभाष चन्द्र ठकुरी,नेकपा एमाले बागमती प्रदेश सदस्य तथा मकवानपुरका इन्र्चाज अर्जुन अर्याल,नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा कैलाश इन्चार्ज बच्चुराम ढुंगाना,सह—इन्चार्ज बुद्धि बहादुर मोक्तान,राजकुमार बल, सानुभाई विष्ट, राष्ट्रिय युवा संघ नेपालकी सचिव आरती पाठक, स्थायी कमिटि सदस्य सन्तोश चौलागाई,सचिवालय सदस्य मिलन पाठक र युवा संघ नेपाल मकवानपुरका अध्यक्ष लक्ष्मण उप्रेति लगायत नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सफलताको शुभकामना व्यक्त दिनुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले मनहरीका अध्यक्ष नविन सुवेदी,मुक्ति समाज मकवानपुरका सह—सचिव सिताराम सुनार,रिटेर्नी जिल्ला अध्यक्ष कृष्ण घोरासैनी,युवा संघ कैलाशका इन्चार्ज छेकु लामा,खेलकुद महासंघ बागमती प्रदेश सदस्य ओम मुक्तान,मकवानपुरका अध्यक्ष सविन मुक्तान लगायतको आथित्यता रहेको थियो ।