हेटौंडा – मकवानपुरमा आउँदो बैशाख ३० गते हुने स्थानीय चुनावमा २ लाख ९४ हजार ९ सय १९ जनाले भोट हाल्न पाउने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार मकवानपुरमा २ लाख ९४ हजार ९ सय १९ जनाले भोट हाल्न पाउने भएका हुन् । जसमा १ लाख ४९ हजार ९ सय ५४ जना पुरुष, १ लाख ४४ हजार ९ सय ५९ जना महिला र अन्यमा ६ जना मतदाता रहेका छन् । निर्वाचन आयोगले २९ बैसाख २०७९ सम्ममा १८ वर्ष पूरा भएका नागरिकलाई समावेश गरेर मतदाताको नामावली सार्वजनिक गरेको हो ।
जिल्लाको १० वटा स्थानीय तह मध्ये सबैभन्दा बढी मतदाता हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । हेटौंडामा ५० हजार ७ सय २५जना पुरुष,५३ हजार ७ सय ४५ महिला र ३ जना अन्य गरि १ लाख ४ हजार ४७३ जना मतदाता रहेका छन् । यसैगरि सबैभन्दा कम मतदाता इन्द्रसरोबर गाउँपालिका भित्रका रहेका छन् । यहाँ ६ हजार ४६५ जना पुरुष र ६ हजार ६ जना महिला गरेर १२ हजार ४ सय ७१ जना मतदाता रहेका छन् ।
यसैगरि,जिल्लाको थाहा नगरपालिकामा १६ हजार ६ सय ९९ जना पुरुष,१५ हजार ६ सय ७ जना महिला र १ जना अन्य गरेर जम्मा ३२ हजार ३ सय ७ मतदाता रहेका छन् । जिल्लाको बकैया गाउँपालिकामा १५ हजार ५ सय ९३ जना पुरुष,१४ हजार ३ सय ४८ जना महिला र २ जना अन्य गरेर जम्मा २९ हजार ९ सय ४३ जना मतदाता रहेका छन् । यसैगरि,बागमती गाउँपालिकामा ११ हजार १ सय ९० जना पुरुष र १० हजार ८ सय ५० महिला गरेर २२ हजार ४० मतदाता रहेका छन् । यसैगरि,आयोगका अनुसार भीमफेदी गाउँपालिकामा ८ हजार ९ सय ३५ जना पुृरुष र ८ हजार ४ सय ९३ जना महिला गरेर १७ हजार ४ सय २८ जना मतदाता रहेका छन् ।
जिल्लाको मनहरी गाउँपालिकामा १३ हजार ७ सय ९ जना पुरुष र १३ हजार १२ जना महिला गरेर २६ हजार ७ सय २१ जना मतदाता रहेका छन् । जिल्लाको मकवानपुरगढी गाउँपालिकामा ९ हजार ८ सय ९९ जना पुरुष र ९ हजार २ सय १९ जना महिला गरेर १९ हजार १ सय १८ जना मतदाता रहेकाछन् । राक्सिराङमा ८ हजार ७ सय ४७ जना पुरुष र ७ हजार ८५ जना महिला गरेर १५ हजार ८ ३२ जना मतादाता रहेका छन् । यसैगरि,जिल्लाको कैलाश गाउँपालिकामा ७ हजार ९ सय ९२ जना पुरुष र ६ हजार ५ सय ९४ जना महिला गरेर १४ हजार ५ सय ८६ जना मतदाता रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार मकवानपुरमा मतदान स्थलको संख्या १ सय ६५ र मतदात केन्द्रको संख्या ३ सय ५६ रहेको छ । गएको स्थानीय तह निर्वाचन २०७४ मा मकवानपुरको मतदाताको संख्या २ लाख २७ हजार ७ सय ५९ थियो ।