आइसिसी विश्वकप लिग टु अन्तर्गत पपुवा न्यु गिनी विरुद्धको खेलमा नेपाल ७ विकेटले विजयी भएको छ । युएईमा भएको खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई दुवै खेलमा पराजित गर्दा घरेलु टोली युएईसँग भने दुवै खेलमा पराजय भोग्न पुग्यो । पीएनजीले एक खेल भने युएईलाई पराजित गरेको थियो ।
पीएनजीले दिएको १७४ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशल भुर्तेल र आरिफ शेख दुई ज नाले अर्ध शतकीय पारि खेल्दै नेपाललाई जित दिलाए । कुशल ५० रन बनाएर आउट हुँदा अन्तिमसम्म क्रिजमा रहेका आरिफ र रोहितकुमार पौडेलले उत्कृष्ट पारि खेले । आरिफले नटआउट ५९ रन बनाउँदा रोहितले ४४ रनको नटआउट पारि खेले । यस्तै नेपालका आशिफ शेख २ रन बनाउँदा दीपेन्द्रसिंह ऐरी खाता नै नखोली पभेलियन फर्किए । टस हारेर, पहिलो ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । नेपालका लागि आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, करण केसी र पवन सराफले १–१ विकेट लिँदा सन्दीप लामिछाने र र सोमपाल कामीले समान २–२ विकेट हात पारे ।