मकवानपुर – नेकपा एमालेको बागमती प्रदेश कमिटीले ७९ सदस्य मनोनित गरेको छ । प्रदेश कमिटीको पछिल्लो बैठकले ४७७ नबढ्नेगरी रिक्त रहेको सदस्यमा ७९ जनाको मनोनयन गरिएको प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डेले प्रदेश परिपत्र १७ मार्फत जानकारी दिएका छन् । जसमध्ये मकवानपुरबाट ७ जना मनोनयनमा परेका छन् ।
मकवानपुरबाट बुद्धरत्न मानन्धर, हरिबहादुर महत, इन्द्रमान स्याङतान, डिल्लीप्रसाद दाहाल, सम्राट तुम्बाहाम्फे, रामचन्द्र अर्याल र श्यामभक्त श्रेष्ठ मनोनित भएका हुन् । त्यस्तै काठमाडौंबाट ओमप्रसाद थपलियासहित, ललितपुरबाट रामकृष्ण हुमागाइसहित ७ जना, भक्तपुरबाट केदार अधिकारीसहित ५ जना, काभ्रेबाट टुल्कु लामासहित ८ जना, सिन्धुपाल्चोकबाट उपेन्द्र तामाङसहित ११ जना, दोलखाबाट भारत दुलालसहित ७ जना रहेका छन । त्यस्तै रामेछापबाट खड्क सुनुवारसहित ६ जना, सिन्धुलीबाट प्रदीप कटुवालसहित ४ जना, चितवनबाट कमल पन्तसहित १२ जना, धादिङबाट कुमार बैरागी बिकसहित २ जना र नुवाकोटबाट नारायण घिमिरेसहित ४ जना रहेका छन ।