देशभर आज ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ८ सय ८४ नमूनाको परीक्षण गर्दा ८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।आज १ सय ३० जना संक्रमण मुक्त भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ । यस्तै आज १ लाख ३ हजार ५ सय ३८ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।











