काठमाडौँ – नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माआवादी केन्द्र) ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्न शुक्रवार निवेदन दिएका छन् ।
दलदर्ताका लागि तीन वटै पार्टीका निर्वाचन फाँट हेर्ने जिम्मेवारीमा रहेका नेतासहितका पदाधिकारी आयोग पुगेर निवेदन दिएका हुन् । स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि राष्ट्रिय मान्यता प्राप्त पाँचसहित ५१ राजनीतिक दलको निवेदन प्राप्त भइसकेको आयोगका प्रवक्ता शालीग्राम पौडेलले जानकारी दिनुभयो ।