हिजो एकैदिन बढेर तोलाको ९९ हजार रुपैयाँमा पुगेको सुनको मुल्य आज भने एक हजार रुपैयाँले घटेको छ। हिजो सुनको मुल्य एकैदिन २५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँमा पुगेको थियो। रुस र युक्रेनको द्वन्द्वका कारण सुनको बजारमा समेत असर परेको छ। आज मुल्य घट्नुमा कुनै विशेष कारण नभएको र सुनको बजार अस्थिर रहेकाले मुल्यमा उतारचढाव आइरहने नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै, चाँदी पनि आज तोलामा २० रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।