file photo

मकवानपुर – मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ शिखरकटेरीमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । कान्तिलोकपथ सडक अन्तरगत शिखरकटेरीमा ट्याक्टरबाट लडेर स्थानीय २१ वर्षिय शुशिल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गएराती शिखरकटेरीमा अनटेष्ट ट्याक्टरबाट लडेर मकवानपुरगढी–२ कै २१ बर्षीय विकको मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । बिक सवार ट्याक्टरबाट खस्दा सोही ट्याक्टरले किचेको र घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएपनि चालक भने फरार रहेको र खोजि कार्य भइरहेको जनाइएको छ ।