काठमाडौँ – प्रमुख प्रतिपक्ष दल एमालेले कोभिड नियन्त्रणका विषयमा गम्भीर हुन भन्दै सरकारलाई ध्यानाकर्षण गराएको छ । आज नेकपा एमालेका नेता सुभास नेम्वाङको नेतृत्वको प्रतिनिधिमण्डलले  प्रधानमन्त्री  शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै बढ्दो सक्रमणलाई रोक्न तत्काल ठोक कदम चाल्न सरकारसँग आग्रह गरेको हो । 
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री  देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि सबै एक जुट हुनुपर्ने बताउनुभयो । उहाँले सबै मिलेर मात्र कोरोनाको तेस्रो लहरलाई परास्त गर्न सकिने भन्दै कोरोना नियन्त्रण र रोकथामका लागि तेरो,मेरो पार्टी नभनी सबै एक हुनुपर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले सबैको सहकार्य र एकताबाट मात्र कोरोना नियन्त्रण र रोकथाम गर्न सकिने बताउनुभयो । ज्ञापनपत्र बुझाउन एमाले उपाध्यक्ष एवम संसदीय दलका उपनेता सुवाशचन्द्र नेम्वाङ, एमाले नेताहरु योगेश भट्टराई ,खगराज अधिकारी , कृष्णगोपाल श्रेष्ठ, विशाल भट्टराई कृष्ण राई, सरिता न्यौपाने लगायतको प्रतिनिधि मण्डल प्रधानमन्त्री निवास वालुवाटार पुग्नुभएको थियो ।