काठमाण्डाै – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीसीको निर्णय कार्यान्वयन गर्ने भएको छ ।मन्त्रालयमा बसेको बैठकले कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको र बिदाको मोडालिटीबारेमा केही बेरमा सूचना निकाल्ने शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो ।