चितवन – नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । केही बेरअघि सम्मपन्न मतदानमा २ हजार ८५ जनाले मतदान गर्नुभएकाे एमाले निर्वाचन आयोग सदस्य बाबुराम दाहालले जानकारी दिनुभयाे । दाहालका अनुसार एक घण्टापछि मतगणना हुने र चार घण्टामै परिणाम आउनेछ ।
राति २ बजेबाट मतदानको कार्यतालिका तय भए पनि बिहान ४ बजेबाट मात्र मतदान सुरु भएको थियो । २ हजार १५३ जना प्रतिनिधि सहभागी महाधिवेशन गत शुक्रबारबाट सुरु भएको हो ।अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावल चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । एमालेमा अध्यक्ष तथा उपाध्यक्ष खुलातर्फ ६ पदका लागि सात जना प्रतिस्पर्धामा हुनुहुन्छ । सात सचिव पदमा ९ जनाको उम्मेदवारी परेको छ । ७ क्लस्टरका केन्द्रीय सदस्यका लागि पनि चुनाव भएको हो । एमाले १० औं महाधिवेशन १० मंसिरदेखि चितवनको सौराहामा जारी छ ।