मास्क अभियान

मकवानपुर– ६६औं प्रहरी दिवशका अवसरमा आइतबार हेटौंडामा बृक्षारोपण र मास्क वितरण कार्यक्रम आयोजना गरिएको छ । दिवशको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयले मास्क वितरण कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्कीले मास्क वितरण गरेर शुभारम्भ गर्नुभएको थियो । चार्डपर्व नजिकिएसंगै कोरोना भाइरस संक्रमणको जोखिम रहेकाले प्रहरीले “तपाइको मास्क खोइ” भन्ने अभियान सहित ६६ औं प्रहरी दिवसको अवसरमा मास्क वितरण गरेको हो । कार्यक्रममा मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौर, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नबराज अधिकारी, मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमाल लगायतकाको सहभागिता रहेको थियो ।

त्यस्तै ६६औं प्रहरी दिवशका अवसरमा आईतबार हेटौंडामा बृक्षारोपण कार्यक्रम आयोजना गरिएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा हेटौंडाको कर्रा खोला किनारमा बृक्षारोपण गरिएको हो । बृक्षारोपण कार्यक्रमको हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्की, राप्ति डिभिजन वन कार्यालयको दिर्घनारायण कोइराला लगायतको उपस्थिति रहेको थियो । कर्रा खोला किनारमा अमला, आँप कटहर लगायतका विरुवा रोपिएको हो ।