काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित आर्थिक विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधान बमोजिम ती विधेयकहरू प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।