मकवानपुर– मकवानपुर जिल्लामा करीब २ महिना पहिले स्थापना भएको शैक्षिक सहयोग अक्षय कोषमा सदस्यता लिनेको संख्या बढ्दै गएको छ । दुई महिनाको अवधिमा कोषमा ३४ जना सदस्य बनेका छन् । शुक्रबार कोषद्धारा आयोजित संस्था परिचय तथा शुभकामना आदान पदान कार्यक्रममा कोषमा हाल सम्म ३४ जनाले सदस्यता लिएको बताईएको छ ।

शुक्रबार अक्षय कोषका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा कोषध्यक्ष रामकृष्ण थापाले कोषमा हाल सम्म १ जना बिशिष्ट, २५ जना आजिवन र ८ जना साधारण गरि ३४ जनाल सदस्यता लिनुभएको जानकारी दिनुभयो । ३४ जनाबाट हाल सम्म २ लाख ७२ हजार रुपैयाँ कोषमा जम्मा भएको समेत उहाँले जानकारी दिनुभएको छ ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै अक्षय कोषका अध्यक्ष खुलालले विभन्न कारणले आफ्नो शिक्षा प्राप्त गर्ने अधिकारबाट बञ्चित भएका बालबालिकाहरुकालागि स्थापना भएको कोषमा सहभागिहुन सबैलाई आग्रह गर्नुभएको छ । उहाँले सरकारले निशुल्क शिक्षा प्रदान गर्ने कुरामा दुई मत नभएको तर बिविध कारणले उक्त सेवा उपभोग गर्न नपाएका तथा आफ्नो शिक्षालाई अगाडी बढाउन नसकेका बालबालिकाहरुलाई नागरिकका तर्फबाट सहयोग पुगोस भन्ने उदेश्यकासाथ स्थापना भएको संस्थामा सबैलाई सरिक हुन आग्रह गर्नुभएका हो । कार्यक्रममा कोषमा बिशिष्ठ सदस्यता लिनुभएका सम्राट तुम्बाहाम्फेलगायत अन्य सदस्यहरुलाई अध्यक्ष खुलालले सदस्यता प्रमाणपत्र समेत वितरण गर्नुभएो थियो ।
कार्यक्रममा संस्थाले हाल सम्म गरेका काम र प्राप्त उपलब्धीका बारेमा सचिव बद्री बहादुर पाठकले जानकारी गराउनुभएको थियो । संस्थाले दशैं तिहारको अवधिमा सदस्य बढाउन विभिन्न कार्यक्रम गर्ने समेत उहाँले जानकारी दिनुभयो । साथै कार्यक्रममा अहिले सदस्य भएकाहरुले आगामी बैठकमा कम्तीमा २ जना सदस्य थप गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।