सांकेतिक तस्विर

मकवानपुर – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानी स्थित राप्ती खोलामा एक महिलाको शव फेला परेको छ । हेटौंडा–६ पुतली बजार स्थित माईतमा बस्दै आउनुभएकी ६० वर्षीया रत्नमाया गौतमको शव फेला परेको भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
गौतम रामेछापको सुनापति गाउँपालिका–१ घर भई हाल हेटौंडा–६ पुतलीबजार स्थित माइतमा बस्दै आउनुभएको थियो । शुक्रबार विहान आफन्तले खोजी गर्दा निजले लगाएको चप्पल हेटौंडा–६ पुतलीबजारमा रहेको कर्रा पुलमा फेला परेको थियो । चप्पल पुलमा फेला परेपछि खोलामा हामफालेको प्रहरीले अनुमान गरेको छ । वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक कृष्णप्रसाद विष्ट, ईलाका प्रहरी कार्यालय पशुपतिनगर र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको २० जनाको प्रहरी टोली, जनप्रतिनिधि र स्थानीयले कर्रा तथा राप्ती खोलामा खोजी कार्य गर्दा महिलाको शव हेटौंडा–१९ स्थित राप्तीखोलामा फेला परेको डिएसपी रिमालले बताउनुभयो ।