मकवानपुर – मकवानपुरमा बिहीबार थप ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ९९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा २८ जना र ३३० जनाको ऐन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । योसंगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या १४ हजार १ सय ६१ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १०४ जना संक्रमणमुक्त भएका छन् । होम आइसोलेशनबाट ९९ जना र संस्थागत आइसोलेशनबाट ५ जना संक्रमणमुक्त भएसंगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १३ हजार ११ पुगेको छ । हाल जिल्लामा ९४४ जना संक्रिय संक्रमित उपचाररत रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्युभएसंगै जिल्लामा कोरोनाका कारण हालसम्म १५३ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।