काठमाडौँ – नेपाली बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंलगबार प्रतितोला ९१ हजार ८ सयमा कारोबार भइरहेको सुनको मुल्य तोलामा ४ सयले बढी ९२ हजार २ सय तोकिएको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९१ हजार ७ सय रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदीको मूल्य भने तोलामा १० रुपयाँ घटेको छ । आज बुधबार चाँदीको मुल्य १ ३ सय २० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।