हेटाैंडा – आज देशभर कोरोना भाइरसबाट २ हजार ४ सय ७६ जना संक्रमित भएका छन् । ९ हजार ५ सय ८६ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ हजार ७ सय २१ जना तथा ४ हजार ७ सय ६५ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ७ सय ५५ जना गरी जम्मा २ हजार ४ सय ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
देशभरबाट गएको २४ घण्टामा ५ हजार ४ सय ५५ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । यो सँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म ५ लाख ७६ हजार ४ सय १३ जना निको भएका छन् । आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ९१ दशमलव ३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । देशभरि आज कोरोना सङ्क्रमणबाट २७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ हजार ९ सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।