हेटौंडा – मकवानपुरमा थप ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८९ जनामा कोरोना पुष्टि भएको स्वास्थय कार्यलय मकवानपुरले जनाएको छ । पुष्टि हुनेहरुमा सबैभन्दा बढी ४१ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् ।
यसैगरि १८ जना बागमती गाउँपालिका भित्रका,१६ जना मनहरी गाउँपालिका भित्रका,मकवानपुरगढी गाउँपालिका भित्रका ४ जना,थाहा नगरपालिका,बकैया र कैलाश गाउँपालिका भित्रका ३र३ जना र एक जना राक्सिराङ गाउँपालिका भित्रका रहेको कार्यलयले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या १० हजार ४ सय २३ पुगेको छ । जिल्लामा हालसम्म ९ हजार २ सय २३ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा ९७ जनाले कोरोना जितेका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । जिल्लामा हालसम्म १ सय १६ जना संक्रमितको मृत्यु भएको छ । जिल्लामा आजको दिनमा घरमा ९ सय ५८ जना र संस्थागत आइसोलेसनमा १०९ जना उपचाररत रहेका छन् ।