हेटौंडा – मकवानपुरमा कोरोना संक्रमणलाई जित्नेको संख्या बढ्दै गएको छ । जिल्लामा थप २ सय ६९ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा २ सय ५६ घरबाट र १३ जना संस्थागत आइसोलेसबाट गरी थप २ सय ६९ जनाले कोरोना जितेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना जित्नेको संख्या ८ हजार ९ जना पुगेका छन् ।
यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा पिसिआर परीक्षणबाट ४४ जना र एन्टीजेन परीक्षणबाट ३१ जना गरी थप ७५ जनामा कोराना पुष्टि भएको छ । यो संगै जिल्लामा कोरोना पुष्टि हुनेको संख्या ९ हजार ७ सय १६ पुगेको छ । जिल्लामा हाल १ हजार ५ सय ८२ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जिल्लामा हालसम्म कोरोनाबाट १ सय १० जनाको मृत्यु भएको छ ।