मकवानपुर– हेटौंडामा मंगलबार आयोजना भएकोे रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । जेसीआई हेटौंडा लेडीले कोभिड–१९ महामारीका कारण रगतको अभावको स्थितिमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गर्नुभएको हो ।

May be an image of one or more people, people sitting and people standing

रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको भन्ने खबर प्राप्त भएपछि रक्तसञ्चार केन्द्रमै पुगेर रक्तदान कार्यक्रम आयोजना गरिएको जेसीआई हेटौंडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठले जानकारी दिनुभयो । नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष अरुणकुमार दाहालले रक्तदातालाई व्लडव्याग हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको सुरुवात गरिएको थियो । रक्तदान कार्यक्रममा जेसीआई हेटौंडा लेडीकी पूर्वअध्यक्ष रश्मि बस्नेतको पनि उपस्थिति रहेको थियो ।
जेसीआई हेटौंडा लेडीले कोरोना महामारीको समयमा सर्वसाधारणलाई सचेतना अभिवृद्धि गर्ने, विपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग गर्ने, हेटौंडा अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण गर्ने लगायतका कार्य गर्दै आएको छ । सामाजिक सेवाका लागि स्थापित संस्थाका जेसीआई हेटौंडा लेडीले आफ्ना पदाधिकारी तथा सदस्यहरुको सहभागितामा स्वास्थ्य सतर्कताका उपाय अपनाएर सहयोगीको साथ र सहयोगमा आवश्यक कार्य गरिरहेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।