मकवानपुर, जेष्ठ–३
मदन भण्डारी फाउण्डेसन मकवानपुरद्धार मदन भण्डारी प्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । मदन भण्डारीको २८औ स्मृति दिवसको अवसरमा जेष्ठ ३ गते सोमबार हेटौंडा–११ सहिद स्मारक स्थिते मदन भण्डारीको सालिकमा श्रद्धाञ्जली व्यक्त गरिएको हो ।

कोरोना कहरका कारण औपचारिक कार्यक्रम नभए पनि उहाँप्रति फाउण्डेसनका जिल्ला अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, फाउण्डेसनका जिल्ला सचिव आशाकाजी श्रेष्ठलगायतले श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । अध्यक्ष खुलाल एवम् सचिव श्रेष्ठ लगायतको उपस्थितिमा जननेता भण्डारीको सालिकमा माल्यार्पण गर्नुका साथै एक मिनेट मौन धारण गरिएको थियो ।

बि.सं. २०५० साल जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा जननेता भण्डारी र संगठन विभिग प्रमुख जिवराज आश्रित सवार जीप दासढुंगामा रहस्यमय रुपमा दुर्घटना भएको थियो । आश्रितको शव दासढुंगास्थित त्रिशूली नदीमा फेला परेको थियो भने भण्डारीको शव जिल्लाकै गाजीपुरस्थित नारायणी नदीमा तीन दिनपछि फेला परेको थियो ।