मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले सबैको एकताबद्ध पहलबाट मात्र कोभिड–१९ बिरुद्धको माहामारीसंग लड्न सकिने बताउनुएको छ । शुक्रबार मकवानपुरका सहकारी संस्थाहरुसंग कोभिड नियन्त्रण तथा रोकथामका बिषयमा भएको छलफलका क्रममा उहाँले माहामारीका बेला सबैको सकारात्मक र एकताबद्ध पहल जरुरी हरेको बताउनुभयो ।
यस अघि बिहीबार जिल्ला स्थित गैरसरकारी संघसंस्थाहरुसंग सोहि विषयमा छलफल गर्नुभएका प्रमुख खुलालले शुक्रबार सहकारी संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुसंग छलफल गर्नुभएको हो । सो क्रममा उहाँले कोरोना माहामारी फैलन नदिन स्वास्थय सुरक्षाका मापदण्ड पालना गर्न र गराउन साथै नेपाल सरकार तथा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका निर्णयहरु परिपालना गर्न÷गराउन भुमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
सो क्रममा सहकारी संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुले कोरोनासंग बच्नका लागि नेपाल सरकार र जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णयहरु तथा स्वास्थय सुरक्षाका मापदण्डहरु पालना गर्ने साथै आफ्नो कार्यालय र समुदायमा समेत सचेतना फैलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यस्तै सबै सहकारीहरुले आफ्नो कार्यालय तथा भिडभाड हुने स्थान र सार्वजनीक स्थलहरुमा कोरोना सम्बन्धी सचेतना अबिृद्धिका लागि फ्ल्यास बोड राख्ने तथा समुदायमा मास्क वितरण गर्नुका साथै मासक लगाउन उत्प्रेरीक गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जिसस प्रमुख खुलालको अध्यक्षतामा भएको छलफलमा जिसस उपप्रमुख भगवती पुडासैनीलयागत जिल्ला सहकारी संघ, जिल्ला बचत संघ, बहुउदेश्य सहकारी संघ लगायत अन्य सहकारी संस्थाका प्रमुख एवम् प्रतिनिधिको सहभागिता थियो ।