कोरोना भाइरसको सङ्क्रमणबाट आज १ सय ९४ जना निको भएका छन् । यो सँगै हालसम्म कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या २ लाख ६८ हजार २ सय ६६ पुगेको छ ।
आज देशभर ३ हजार ३ सय ३३ वटा नमुनाको परिक्षण गर्दा १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संंख्या २ लाख ७२ हजार ५५ पुगेको छ । कोरोना सङ्क्रमणका कारण आज थप ७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा संक्रमण पछि मृत्यु हुनेको सङ्ख्या २ हजार ४५ पुगेको छ । यस्तै १ हजार ७ सय ४४ सक्रिय संक्रमित मध्ये ६३ जनाको आइसियु र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।