हेटौंडा– नेपाल कम्युनिष्ट पाट्री (नेकपा) हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ का वडा कमिटीका वर्तमान सचिवलाई कारबाही गरेको छ । सोमबार बसेको वडा कमिटीको बिस्तारीत बैठकले वर्तमान सचिव सूर्य पाख्रिनलाई पार्टी फुट गतिविधिमा संलग्न भएको भन्दै पार्टी सचिवबाट निलम्बन गरेको हो ।
सोमबार वडा कमिटीका अध्यक्ष लक्षमण खुलालको अध्यक्षतामा बसेको बैठकमा नेकपा केन्द्रिय सदस्य एवम् पुर्ब प्रतिनिधिसभा सदस्य कृष्ण प्रसाद दाहालको प्रमुख आतिथ्यता थियो । बैठकले वर्तमान सचिव पाख्रिनलाई कारबाही गर्दै पुन लक्ष्मण खुलालको नेतृत्वमा ५९ सदस्यीय कमिटी गठन गरेको छ । बैठकमा नेकपा केन्द्रिय सदस्य एवम् राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, नेकपा नेताहरु कमल विष्ट, शंकर राई, नगर सचिव बोलबहादुर कार्की लगायतको उपस्थिती थियो ।