चिनियाँ कम्पनी अलिबाबाका लागि यो वर्ष सबैभन्दा महत्वपूर्ण वर्ष हुनसक्छ । किनकि स्थापना भएको दुई दशकमा अलिबाबाले अहिले सबैभन्दा ठूलो चुनौतीको सामना गरिरहेको छ । चीनको सबैभन्दा चर्चित प्रविधि कम्पनी अलिबाबाले स्वदेशमा मात्र नभै अन्तर्राष्ट्रियस्तरमा समेत थुप्रै चुनौतीहरुको सामना गरिरहेको छ जसले उसको अस्तित्व नै सधैका लागि आधारभूतरुपमा परिवर्तन गरिदिन सक्दछ । चिनियाँ अधिकारीहरुले विश्वासघात गरेको अभियोगमा अलिबाबामाथि अनुसन्धान गरिरहेका छन् र यसले अलिबाबाको वित्तिय भगिनी कम्पनी एन्ट ग्रुपलाई उसको व्यवसायमा आमूल परिवर्तन गराउन बाध्य पार्दैछ ।

अलिबाबाका लागि चीन मात्र होइन वाशिङटन पनि खतरा बन्न सक्दछ । ट्रम्प प्रशासनले अलिबाबा र अन्य दुईवटा चिनिया प्रविधि कम्पनीमाथि अमेरिकी लगानीमा प्रतिबन्ध लगाउने प्रस्तावबाट हात झिकेको भए पनि अमेरिका र चीनबीचको तनाव निकट भविष्यमा साम्य हुने सम्भावना छैन । र, यावत् घटनाहरुको बीचमा अर्को महत्वपूर्ण घटनाचाहिँ अलिबाबाका संस्थापक तथा सिईओ ज्याक मा महिनौँ देखि ‘बेपत्ता’ छन् । नेसनल युनिभर्सिटी अफ सिंगापुरका प्राध्यापक तथा हिनरिच फाउन्डेसनका शोधकर्ता एलेक्स काप्रीका अनुसार अन्य ठूला चिनिया प्रविधि कम्पनीहरु जस्तै अलिबाबा पनि अस्तित्वको संकटमा छ ।’

सिएनएनबाट