हेटौंडा– हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ स्थित मित्रमिलन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारणसभा सुरु भएको छ । सहकारीका अध्यक्ष भोलाप्रसाद शर्मा खरेलको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा सोमबार साधारणसभाको उद्घाटन कार्यक्रम भएको हो ।
आठ सय ७९ जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी एक करोड सात लाख ८२ हजार रुपैयाँ रहेको छ । यस्तै सहकारीको बचत एक करोड ३८ लाख १६ हजार रुपैयाँ बचत संकलन गरेको छ भने तीन करोड ५३ लाख ४६ हजार रुपैयाँ ऋण लिएको छ भने पाँच करोड २८ लाख आठ हजार रुपैयाँ ऋण लगानी गरेको अध्यक्ष भोलाप्रसाद शर्माले जानकारी दिनुभएको छ । सहकारीले साधारणसभाको उद्घाटनको अवसरमा असल बचतकर्ता, ऋणि, सदस्य परिवारबाट एसईईमा उत्कृष्ट विद्यार्थी, पत्रकारलाई सम्मान समेत गरेको छ । साधारणसभाको उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेको पनि उपस्थिति रहेको थियो । सहकारीकाे साधारणसभाको समापन आगामी पुष २४ गते हुने संस्थाका व्यवस्थापक रामहरी खरेलले बताउनुभयाे ।