हेटौंडा– हेटौंडामा आगामी माघ ६ गते देखि हेटौंडामा भेट्रान्स कप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । हेटौडा भेट्रान्स कल्बको आयोजनामा चालिस बर्ष माथि उमेर समुहका पुर्ब राष्ट्रिय खेलाडीहरुको सहभागीतामा आगामी माघ ६ गतेदेखी छैंटौ संस्करण आयोजना गरीने भएको हो ।
छैटौ संस्करणको खेलका लागी हेटौडा भेट्रान्स कल्बका सदस्य कबिन साँगामीलाई कार्यक्रम संयोजकका रुपमा चनय गरीएको छ । १६ वटा टिमको सहभागीतामा खेलाईने खेलको तयारीका लागी बिभिन्न समितिहरु निमाण गरेर अगाडी बढीएको संयोजक साँगामीले बताउनु भयो । हेटौंडा ४, लोकतान्त्रिक खेल मैदान हुप्राचौरमा आयोजना गरिने प्रतियोगिताका लागि खेलमैदान निर्माण कार्यलाई अगाडी बढाउने कार्य भैरहेको कल्बका अध्यक्ष दिपक बज्रचार्यले बताउनु भयो ।
जिल्लामा हुने यो प्रतियोगीताले तन्नेरी युवा खेलाडीहरुमा समेत प्रोत्सान मिल्ने गरेको छ । खेलले शारिरीक अभ्यास संगै स्वास्थ्य रहन समेत मद्धत पुग्ने उर्देश्यका साथ फुटबल खेलको बिकाशको लागी प्रतियोगीता आयोजना गरीन लागेको कल्बका उपाध्यक्ष नवराज बज्रचार्यले बताउनु भयो । हेटौंडा भट्रान्सले स्वाथ्यका लागी खेल भन्ने नाराका साथ हरेक बर्ष प्रतियोगीता आयोजना गर्दै आएको छ ।
छैटौ संस्करणको प्रतियोगितामा प्रथम हुने समुहले नगद १ लाख १ हजार १ सय ११ रुपैया तथा शिल्ड,दितिय हुने समुहले नगद ५१ हजार १ सय ११ रुपैया सहित शिल्ड र उत्कृष्ठ खेलाडीले १० हजार नगद पुरुस्कार प्राप्त गर्ने उपाध्यक्ष बज्राचार्यले बताउँनुभयो । खेलमा उत्कृष्ठ फिलडर, फरवाड्, डिफेन्डर, गोल्किपर र समुह कोचलाई जनही ५ हजारका दरले पुरुस्कार प्रदान गरीने कार्यक्रम संयोजक साँगामीले बताउनुभयो । प्रतियोगितामा हरेक खेलको म्यानअफ द म्याच समेत घोषणा गरीनेछ ।