मकवानपुर– मकवानपुर प्रहरीले बिहीबार ८० किलो लागु औषध गाँजासहित कार बरामद गरेको छ । बिहीबार बिहान हेटौडा–१० बाट प्रहरीले लागु औषध गाँजासहित बा ६ च १४७६ नम्बरको हुन्डाइ सेन्ट्रो कार बरामद गरेको हो ।

हेटौंडा–१० स्थित प्रहरी चौकी भुटनदेवीबाट गस्तीमा रहेको प्रहरी टोलीलाई देखेर कारमा सवार व्यक्ति भागेपछि शंकालागेर खोजतलास गर्दा कार भित्र लागु औषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । स्थानीय जनप्रतिनिधिको रोहबरमा कार खोलेर हेर्दा कारको डिकीमा प्याकिङ गरेरे लुकाएको अवस्थामा ८० किलो लागुऔषधसहित गाँजा सहित कार नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताउनुभयो । कार जिल्ला प्रहरी कार्यालयमा रहेको र फरार व्यक्तिको खोजि कार्य भइरहेको डिएसपी रानाले बताउनुभयो । प्रहरीले गाँजा, कार र केही कागजात बरामद गरेको र सो सम्बन्धी थप अनुसन्धान भईरहेको समेत उहाँले बताउनुभयो ।