हेटौंडा– हेटौंडा उपमहानरपालिका–१४ मा मा भएको टोल स्तरिय फुटबल प्रतियोगिताको उपाधि न्यु स्टार युवा क्लव र युपी युनाईटेड क्लवले जितेको छ । हिजो भएको फाईनल खेलमा महिला तर्फको उपाधि न्यु स्टार युवा क्लव र पुरुष तर्फको उपाधि युपी युनाईटेड क्लवले जितेको हो ।

महिला तर्फको खेलमा न्यु स्टार युवा क्लवले समाज कल्याण युवा क्लवलाई पेनाल्टी सुट आउटमा ३ का बिरुद्ध ४ गोल अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो । भने पुरुष तर्फको फाईनल खेलमा समाज कल्याण युवा क्लवलाई युपी युनाईटेड क्लवले २ का विरुद्ध ३ गोल अन्तरले हराउँदै उपाधि कब्जा गरेको हो ।

मदन भण्डारी स्पोर्टस एकेडेमी १४ नम्वर वडा कमिटिको आयोजनामा गत असोज २८ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ वटा टिमले भाग लिएका थिए । प्रतियोगितामा विजयी हुने पुरुष टिमले खशी र दोस्रो हुने टिमले बोका उपहार पाएका थिए । त्यस्तै महिला टिम तर्फ विजय हुनेले ट्रफी सहित मेडल प्रमाण पत्र पाएका थिए ।

प्रतियोगिता विजयी टिमलाइ कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले ट्रफि एवम् प्रमाणपत्र र पुरस्कार प्रदान गर्नुभएको थियो । उपाधि हस्तान्तरण गर्दै प्रमुख अतिथि खुलालले युवाहरुलाई खेल क्षेत्रमा अघि बढ्न आग्रह समेत गर्नुभयो । 
मदन भण्डारी स्पोर्टस एकेडेमी १४ नम्वर वडा कमिटिका अध्यक्ष सुरेश रुम्बाको सभाध्यक्षता भएको कार्यकक्रममा हेटौंडा उपमहानगरपालिका ४ नंम्वर वडाका अध्यक्ष नविन सिग्देल, १४ नंम्वर वडा अध्यक्ष दिपक खड्का, जिल्ला खेलकुद समितिका अध्यक्ष सानु लामा, फुटवल संघका अध्यक्ष टिका लामा, मदन भण्डारी स्पोर्टस एकेडेमीका जिल्ला उपाध्यक्ष प्रकाश सुवेदी, एकेडेमीका नगर कमिटि अध्यक्ष सविन लामा, जिल्ला सदस्य नितेश लामीछाने लगायतको उपस्थिति थियो । 
 
			 
		