आज दशैँको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदैछ । देशभरिका नवदुर्गाका मन्दिर र शक्तिपीठमा आज पनि विधि पूजा मात्रै गरिनेछ । कोरोना सङ्क्रमण जोखिमका कारण भक्तजनको भीड छैन । काठर्माण्डौ उपत्यका तथा उपत्यका बाहिरका दुर्गाका शक्तिपीठहरमा विगतका वर्षमा दर्शनार्थीहरुको भीड लाग्ने गरेको थियो । तर यस बर्ष कोरोनाको जोखिमको कारणले गर्दा मन्दिर परिसर सुनसान छ । नवरात्रि नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।