देशका जुनसुकै भागमा अब खाना पकाउने नयाँ ग्यास सिलिण्डर किन्दा २१ सय तिर्नुपर्ने भएको छ। नेपाल ग्यास उद्योग संघले एलपीजी ग्यासको खाली सिलिन्डरको धरौटी रकम दुई हजार एक सय रुपैयाँ कायम गरेको जनाएको छ। संघले असोज २८ गतेदेखि लागु हुने गरी देशैभरीका उद्योगहरुको सिलिण्डरको मूल्य प्रतिसिलिण्डर दुई हजार एक सय रुपैयाँ तोकेको जनाएको छ। बिक्रेताहरुले ग्यासको ब्राण्ड अनुसार जथाभावी मूल्य लिन थालेपछि संघले धरौटी रकममा एकरुपता कायम गरेको हो।

यसअघि संघले बागमति प्रदेशका लागि सोही मूल्य तोकेको थियो। अब देशैभर सोही मूल्यमा मात्र उद्योगले बिक्री गर्न पाउने भएका छन्। संघको साधारणसभाले दुर्गम जिल्लाबाहेक देशभर धरौटी मूल्य एकै प्रकारको बनाएको हो। अब उद्योगहरुले तोकिएको भन्दा बढि रकम लिन पाउँदैनन्। संघले सार्वजनिक सूचना जारी गरी उपभोक्ताहरुलाई नयाँ सिलिन्डर खरिद गर्दा बिक्रीताहरुबाट उद्योगको धरौटी रसिद लिन पनि आग्रह गरेको छ। धरौटी रसिद नलिएका सिलीन्डरको दायित्व उद्योगले नलिने जारी सूचनामा उल्लेख छ। नेपाल आयल निगमका अनुसार हाल ५६ वटा ग्यास उद्योगका एक करोड भन्दा बढी ग्यास सिलिन्डर रहेका छन्।