यूईएफए नेशन्स लिग फुटबलमा इंग्ल्याण्डले बेल्जियमलाई २-१ गोल अन्तरले हराएको छ । राति भएको खेलमा इंग्ल्याण्डले बेल्जियमको एक गोलको अग्रता उल्ट्याएको हो । खेलको १६ औं मिनेटमा रोमेलु लुकाकुको गोलमा बेल्जियमले अग्रता बनाएको थियो । तर ३९ औं मिनेटमा मार्कुस रासफोर्डले इंग्ल्याण्डलाई बराबरीमा पुर्याए । पहिलो हाफ १(१ गोलको बराबरीमा सकिएको खेलको ६४ औं मिनेटमा इंग्ल्याण्डका मासुन माउन्टले गोल गर्न सफल भए । प्रतियोगितामा बेल्जियमको यो दोस्रो हार हो । यो जितपछि समूह बी मा रहेको इंग्ल्याण्ड ७ अंकका साथ शीर्ष स्थानमा छ ।